काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४५.३६ अंकले घटेर २५५९.५९ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ५८.५५ अंकले घटेर २६०४.९६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १८ कम्पनीको शेयरमूल्य बढेको छ । भने २३२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा पाँच अर्ब ७६ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा चार अर्ब ६२ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २६ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ७.०९ प्रतिशतले बढेको हो । आज प्रभु इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ६.१२ प्रतिशतले घटेको छ ।
Sponsored Advertisment