Below Menu
Below Menu

शेयर बजारमा उच्च अंकको पहिरो, परिसूचक २५ सय बिन्दुमा झर्यो, कारोबार साढे पाँच अर्बमा समेटियो 

शेयर बजारमा उच्च अंकको पहिरो, परिसूचक २५ सय बिन्दुमा झर्यो, कारोबार साढे पाँच अर्बमा समेटियो 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४५.३६ अंकले घटेर २५५९.५९ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ५८.५५ अंकले घटेर २६०४.९६ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १८ कम्पनीको शेयरमूल्य बढेको छ । भने २३२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा पाँच अर्ब ७६ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा चार अर्ब ६२ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेपाल रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २६ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ७.०९ प्रतिशतले बढेको हो । आज प्रभु इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ६.१२ प्रतिशतले घटेको छ । 
 

Advertisment