Below Menu

राष्ट्रिय सहकारी बैंकले बचतमा घटायो ब्याजदर, कर्जामा यथावत

राष्ट्रिय सहकारी बैंकले बचतमा घटायो ब्याजदर, कर्जामा यथावत

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले असोज २६ गतेदेखि लागू हुने गरी ब्याजदर परिवर्तन गरेको छ । बैंकले अधिकांश बचतका शिर्षकहरुमा ब्याजदर घटाएको छ भने कर्जातर्फ अधिकांश यथावत राखेको छ।

Sponsored Advertisement

बैंकले बचततर्फ न्यूनतम १ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर तोकेको छ। जसमा साधारण बचत खातामा १ प्रतिशत, विशेष बचतमा १ प्रतिशत, सुपर बचतमा १ प्रतिशतदेखि १.१५ प्रतिशत तोकिएको छ ।

यस्तै, एनसिबिएल समुन्नत बचत खातामा न्यूनतम १ प्रतिशतदेखि अधिकतम १.१५ प्रतिशत, एनसिबिएल प्रिमियम बचतमा १ प्रतिशत, अनिवार्य नियमित बचतमा ४ प्रतिशत र क्रमिक बचतमा ३.२० प्रतिशतदेखि ३.४० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको बैंकले जनाएको छ । यस्तै, बैंकको मुद्दती निक्षेपमा न्यूनतम १.७५ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।

बैंकले कर्जाको दरमा भने अधिकांशमा यथावत नै राखेको छ । बैंकले यस अघि भदौ १० गतेदेखि लागू हुने गरी व्याजदर परिवर्तन गरेको थियो । महिला सशिक्तिकरण कर्जा शिर्षकमा ५.७५ प्रतिशतबाट घटाएर ४.९९ प्रतिशत कायम गरेको छ । 

त्यसैगरी बैंकले कर्जातर्फ न्यूनतम ५.५० प्रतिशतदेखि अधिकतम ७.५० प्रतिशतसम्म ब्याजदर तोकेको छ । जसमा कृषि तथा कृषि परियोजना कर्जा (आवधिक/चालुपूँजी) न्यूनतम ५.५० प्रतिशतदेखि अधिकतम ५.७५ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

व्यवसायिक आवधिक कर्जाको लागि ६.८५ प्रतिशतदेखि ६.९९ प्रतिशतसम्म, व्यावसायिक कर्जा (चालुपूँजी) ७.५० प्रतिशत, इन्फास्ट्रक्चर डेभलपमेन्ट कर्जा ६.७५ प्रतिशतदेखि ६.९९ प्रतिशतसम्म, लघु तथा गरिबी निवारण कर्जा ६.७५ प्रतिशतदेखि ६.९९ प्रतिशतसम्म, साना तथा मझौला कर्जा ६.५० प्रतिशत निर्धारण गरिएको छ ।

यस्तै हायर पर्चेज कर्जा ६.७५ प्रतिशतदेखि ६.९९ प्रतिशतसम्म, पर्यटन प्रवद्र्धन कर्जा ६.७५ प्रतिशतदेखि ६.९९ प्रतिशतसम्म, तरलता व्यवस्थापन कर्जा ६.९९ प्रतिशत, महिला सशक्तीकरण कर्जा ४.९९ प्रतिशत, एनसिबिएल सहज कर्जा ६ प्रतिशत, उज्यालो नेपाल कर्जा ६.९९ प्रतिशत, सदस्य सम्बद्धि कर्जा ६ प्रतिशत, दिगो/सबल सहकारी कर्जा ७.२५ प्रतिशत र मुद्दती निक्षेप कर्जामा थप २ प्रतिशत तोकिएको छ।

बैंकका अनुसार घर घडेरी खरिद तथा भवन निर्माण कर्जाको स्वः लगानी नियमानुसार हुनेछ । अपाङ्ग, दलित र महिलाद्वारा सञ्चालित संस्थालाई प्रकाशित ब्याजदरमा ०.५० प्रतिशतसम्म थपघट गर्न सकिने छ । यस्तो सुविधा दोहोरो हुने गरी प्रदान नगरिने बैंकले जनाको छ।

Sponsored Advertisment

थप समाचार