काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७८.८३ अंकले घटेर २५०३.३५ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से २२.५९ अंकले बढेर २५८२.१८ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ९ कम्पनीको शेयरमूल्य बढेको छ । भने २४२ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा छ अर्ब ७० करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा पाँच अर्ब २७ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३८ करोड सात लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ६.०१ प्रतिशतले बढेको हो । आज बुटवल पावर कम्पनीको शेयरमूल्य ९.२७ प्रतिशतले घटेको छ ।
Sponsored Advertisment