Below Menu

असोज २८ गतेदेखि फ्लोरा एक्स्पो सुरु हुँदै : ७० स्टल प्रदर्शनमा राखिने, ७० लाखको कारोबार हुने अनुमान 

असोज २८ गतेदेखि फ्लोरा एक्स्पो सुरु हुँदै : ७० स्टल प्रदर्शनमा राखिने, ७० लाखको कारोबार हुने अनुमान 

काठमाडौं : नर्सरी व्यवसायी संघ नेपालले तेस्रो तिहार फ्लोरा एक्स्पो २०८२ आयोजना गर्ने भएको छ ।

Sponsored Advertisement

आइतबार पत्रकार सम्मेलनको आयोजनागरी संघले फूल र बत्तिको पर्व तिहारलाई लक्षित गर्दै यही असोज २८ गते देखि कार्तिक १ गतेसम्म पाँच दिनसम्म ‘तिहारको उत्सव, फूलको महोत्सव’ भन्ने नाराका साथ राष्ट्रियस्तरको तेस्रो फ्लोरा एक्स्पो आयोजना गर्न लागेको जानकारी दिएको हो । 

यस मेलाले आर्थिक मन्दिले सुस्ताएका हरित अर्थतन्त्र विकासमा संलग्न उद्यमी व्यवसायीहरु तथा यस व्यवसाय प्रति अभिरुचि राख्ने र समग्र कृषि क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्ने सपना देखिरहेको उद्यमी व्यवसायी तथा जिज्ञासु साथै अध्ययन अनुसन्धानमा संलग्न व्यक्ति व्यक्तित्वहरुलाई एकपटक उत्साहित गर्ने विश्वास संघले लिएको छ । 

मेलामा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारिक फूल विरुवाहरुलगायत कृषि तथा वन, जडिबुट्टी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातीका बोटविरुवाहरु प्रदर्शनी तथा विक्री वितरणको लागि राखिने छ । 

साथै मलखाद, अर्गानिक एवं रासायनिक विषादी, विउ विजन, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल रहने छ । संस्थाले व्यवसायीहरुको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराई व्यवसायीहरुको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने जनाएको छ । 

यस मेलामा ६२ वटा व्यवसायीक स्टललगायत वनस्पती विभाग, पुष्प विकास केन्द्र, सहितको अफिसियल चार स्टल तथा प्रतिस्पर्धाको चारवटा स्टल समेत जम्मा ७० वटा स्टल रहने छ । मेलामा ३५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने साथै ७० लाख भन्दा बढीको आर्थिक कारोवार हुने अपेक्षा संघले गरेको छ । 

मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रति व्यक्ति १०० र विद्यार्थीहरु र ज्येष्ठ नागरिकको लागि प्रतिव्यक्ति ५० रुपैयाँ व्यवस्था गरिएको छ । 
 

Sponsored Advertisment

थप समाचार