Below Menu

उच्च अंकले सुधारियो शेयर बजार, करिब पाँच अर्बको कारोबार 

उच्च अंकले सुधारियो शेयर बजार, करिब पाँच अर्बको कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४४.२५ अंकले बढेर २५४७.६० बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से ७८.८३ अंकले घटेर २५०३.३५ बिन्दुमा बन्द भएको थियो ।

Sponsored Advertisement

आज कारोबारमा आएका २०० कम्पनीको शेयरमूल्य बढेको छ । भने ४४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ९७ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा छ अर्ब ७० करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३१ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा नेपाल माइक्रो इन्स्योरेन्स, नेपाल रि इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योेरेन्स कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ५.२६ प्रतिशतले घटेको छ । 
 

Sponsored Advertisment

थप समाचार