Below Menu
Below Menu

ग्रामीण विकास लघुवित्तको एकीकृत कारोबार कार्तिक २ गतेदेखि सुरु, कारोबार रोक्का 

ग्रामीण विकास लघुवित्तको एकीकृत कारोबार कार्तिक २ गतेदेखि सुरु, कारोबार रोक्का 

काठमाडौं : समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडबीचको गाभ्ने÷गाभिने (मर्जर) प्रक्रियाले अन्तिम रूप पाएको छ। दुवै संस्थाले आगामी २०८२ कार्तिक २ गते आइतबारदेखि एकीकृत कारोबार शुभारम्भ गर्ने निर्णय गरेका छन्।

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत वित्तीय कारोबार सञ्चालन गर्नका लागि नेपाल राष्ट्र बैंकले २०८२ असोज २३ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो। त्यसैगरी, नेपाल सरकार कम्पनी रजिष्ट्रार कार्यालयबाट पनि २०८२ असोज २६ गते सम्पत्ति तथा दायित्व मिलान गर्न स्वीकृति प्राप्त भएको छ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको असोज २७ गते बसेको १३५ औं बैठकले एकीकृत कारोबारको मिति तय गरेको हो। संस्थाले सर्वसाधारण तथा सरोकारवालाहरूको जानकारीका लागि यो सूचना सार्वजनिक गर्दै ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ को दफा ९ बमोजिम संस्थाको शेयर कारोबार रोक्का राख्न धितोपत्रसम्बन्धी नियमनकारी निकायलाई अनुरोध गरेको छ।

एकीकृत कारोबारपछि दुई संस्थाको कार्यक्षेत्र, पुँजी तथा वित्तीय सामर्थ्य वृद्धि भई लघुवित्त क्षेत्रमा यसको प्रभाव विस्तार हुने अपेक्षा गरिएको छ।

Advertisment

थप समाचार