Below Menu
Below Menu

एलिट मर्चेन्ट क्यापिटलले ७.५ प्रतिशत लाभांश दिने, कात्तिक २१ गते बोलायो साधारणसभा 

एलिट मर्चेन्ट क्यापिटलले ७.५ प्रतिशत लाभांश दिने, कात्तिक २१ गते बोलायो साधारणसभा 

काठमाडौं : एलिट मर्चेन्ट क्यापिटलले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २८ गते बसेको सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई ७.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको करसहित ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले कात्तिक २१ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा द इन्ट्रान्स पुल्चोक ललितपुर दिउँसो ४ः३० बजे हुनेछ । 

सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षका लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।

Advertisment

थप समाचार