Below Menu
Below Menu

केयर रेटिङ्गस नेपालले ६० प्रतिशत लाभांश दिने, कात्तिक ३० गते बोलायो साधारणसभा 

केयर रेटिङ्गस नेपालले ६० प्रतिशत लाभांश दिने, कात्तिक ३० गते बोलायो साधारणसभा 

काठमाडौं : केयर रेटिङ्गस नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१र८२ को मुनाफाबाट शेयरधनीहरुलाई ६० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको करसहित ६० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले कात्तिक ३० गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त कम्पनीको कार्यालयकाे पाँचौ तल्ला स्टार मल पुतलीसडकमा दिउँसो १२ः३० बजे हुनेछ । 

सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षका लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।

Advertisment

थप समाचार