Below Menu
Below Menu

पूर्वाञ्चल ल्युब आयलले १०.५२ प्रतिशत लाभांश दिने 

पूर्वाञ्चल ल्युब आयलले १०.५२ प्रतिशत लाभांश दिने 

काठमाडौं : पूर्वाञ्चल ल्युब आयल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको गत साउत २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको करसहित १०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले कात्तिक ३० गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त कम्पनीको रजिष्टर्ड कार्यालय सुन्दरहरैँचा–९, विराटनगर मोरङ्गमा बिहान ११ बजे हुनेछ । 

सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षका लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।

Advertisment

थप समाचार