काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १८.४० अंकले घटेर २४८७.१७ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से २२.५८ अंकले घटेर २५०५.५८ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ४५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज नौ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा तीन अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा तीन अर्ब १० करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज मुक्तिनाथ विकास बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३२ करोड सात लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा हिमालयन पावर पार्टनर रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ९.९३ प्रतिशतले बढेको छ । समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment