काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मुक्तिनाथ विकास बैंकको शेयरमूल्य समायोजन भएको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै अन्तिम कारोबारका आधारमा मूल्य समायोजन गरी नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेका अनुसार बैंकको १३.५३ प्रतिशत बोनस शेयर पछिको शेयरमूल्य ३८३ दशलमव ६० रुपैयाँमा समायोजन भएको छ । बैंकको अन्तिम कारोबार ४३५ दशलमव ५० रुपैयाँमा भएको थियो । समायोजित मूल्यलाई आधार मानेर आइतबार बैंकको शेयर कारोबार खुल्नेछ।
Advertisment