Below Menu
Below Menu

हिमालयन डिष्टिलरीले २५ प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ? 

हिमालयन डिष्टिलरीले २५ प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ? 

काठमाडौं : हिमालयन डिष्टिलरी लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले कात्तिक ३० गते, आइतबार, २५ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय, विरगञ्ज, पर्सामा बिहान १० बजे शुरु हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक २० गते बुकक्लोज गर्ने भएको छ। जसअनुसार कात्तिक १९ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Advertisment

थप समाचार