Below Menu
Below Menu

विकू बचतद्वारा विद्यार्थीहरू बीच सचेतनामूलक देउसी-भैलो कार्यक्रम

विकू बचतद्वारा विद्यार्थीहरू बीच सचेतनामूलक देउसी-भैलो कार्यक्रम

गैंडाकोट (नवलपुर) : नेपालको सर्वोत्कृष्ट तथा सृजनशील रचनात्मक गतिविधि गर्ने संस्थाको रूपमा परिचित विकू बचत तथा ऋण सहकारी संस्था ले यस वर्षको तिहारको अवसरमा विद्यालयका विद्यार्थीहरू बीच सचेतनामूलक देउसी-भैलो कार्यक्रम आयोजना गरेको छ।

संस्थाको ‘स्कूल–स्कूलमा विकू’ कार्यक्रमअन्तर्गत गठित विद्यालयस्तरीय विद्यार्थी बचत क्लबको आयोजनामा देउसी-भैलो कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा सहकारी शिक्षा, बचत, फजुल खर्च कम गरौं, उद्यमी बनौं, पर्यावरण संरक्षण गरौं, प्लास्टिकरहित चाडपर्व मनाऔं, रिति–रिवाज जोगाऔं, समृद्धिका लागि सहकार्य गरौं र अनुशासित तथा मर्यादित बनौं जस्ता विषयवस्तुहरूलाई केन्द्रमा राखी विद्यालय परिसरमा देउसी-भैलो खेलिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत माधव पौडेलले जानकारी दिए।

कार्यक्रममा सम्बन्धित विद्यालयका विद्यार्थी, शिक्षक-शिक्षिका तथा विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रमबाट धर्म-संस्कृतिको संरक्षण, वित्तीय सचेतना, सहकारी शिक्षा र बचत गर्ने बानीको विकास जस्ता महत्वपूर्ण पक्षहरूबारे जानकारी तथा प्रेरणा प्राप्त भएको सहभागी विद्यार्थीहरूले बताएका छन्।

संस्थाद्वारा विद्यालयमा गठन गरिएका विद्यार्थी बचत समूहहरूले विद्यालयभित्र विशेष अवसरहरूमा विभिन्न प्रकारका रचनात्मक तथा सृजनात्मक गतिविधि गर्दै आएका छन्। विशेषगरी, यस अवधारणामार्फत विद्यालय तहमै विद्यार्थीहरूमा आधारभूत वित्तीय सचेतना र वित्तीय साक्षरताको विकास हुने अपेक्षा संस्थाले गरेको पौडेलले बताए।

विगत ५ वर्षदेखि यो कार्यक्रम सामुदायिक विद्यालयहरूमा निरन्तर सञ्चालन हुँदै आएको छ। 

Advertisment

थप समाचार