Below Menu
Below Menu

दोहोरो अंकले बढ्यो शेयर बजार, साढे दुई अर्बमा खुम्चियो कारोबार 

दोहोरो अंकले बढ्यो शेयर बजार, साढे दुई अर्बमा खुम्चियो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १६.६७ अंकले बढेर २५०३.८५ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से १८.४० अंकले घटेर २४८७.१७ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १६३ कम्पनीको शेयरमूल्य बढेको छ । भने ७८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा दुई अर्ब ७९ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा तीन अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेपाल रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २८ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । हिमालयन ८०–२० को शेयरमूल्य ६.१० प्रतिशतले घटेको छ । 
 

Advertisment

थप समाचार