काठमाडौं : फोनपे पेमेण्ट सर्भिस लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको गत कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको करसहित १९ प्रतिशत अर्थात नौ करोड ७८ लाख ५० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले कात्तिक २४ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त कम्पनीको नक्साल काठमाडौंमा, दिउँसो ५ः०० बजे हुनेछ ।
सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षका लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।
Advertisment