आजसम्म कायम शेयरधनीहरुले पाउँछन् युनिलिभर नेपालको लाभांश 

आजसम्म कायम शेयरधनीहरुले पाउँछन् युनिलिभर नेपालको लाभांश 

काठमाडौं : युनिलिभर नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक ११ गतेदेखि कात्तिक २५ गतेसम्म बुकक्लोज गर्दैछ।

जसअनुसार भोली अर्थात कात्तिक १० गते छठ पर्वको सार्वजनिक बिदा भएका कारण आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

लाभांश पारित गर्न कम्पनीले कात्तिक २५ गते, मंगलबार, ३२ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा द एभरेष्ट होटल, नयाँ बानेश्वर, काठमाडौँमा दिउँसो ४ः३० बजे शुरु हुनेछ।

सभाले प्रतिकित्ता एक हजार ८४२ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने सामाजिक र सामुदायिक परियोजनाहरुमा आर्थिक योगदान लगायतका प्रस्तावहरु पारित गर्नेछ। 

यसका साथै सभाले संस्थापक शेयरधनीको नामा सिबक्रिम होल्डिङ्गस प्राइभेट लिमिटेडबाट आईजे ग्रुप होल्डिङ्गस प्राइभेट लिमिटेडमा परिवर्तन भएकोले सोही अनुसार नियमावली संशोधन गर्ने लगायतका विशेष प्रस्ताव समेत पारित गर्नेछ।

थप समाचार