Below Menu
Below Menu

तीन महिनामा भित्रिए दुई हजार ६२० युनिट इभी गाडी, करिब चार अर्ब उठ्यो राजस्व 

तीन महिनामा भित्रिए दुई हजार ६२० युनिट इभी गाडी, करिब चार अर्ब उठ्यो राजस्व 

काठमाडौं : चालु आर्थिक वर्षको तीन महिनामा दुई हजार ६२० युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएको छ । यस अवधिमा सरकारले छ अर्ब २५ करोड ५ लाख ५८ हजार रुपैयाँ उक्त संख्यामा गाडी आयात गरेको हो ।

भन्सार विभाग तथ्यांकअनुसार विद्युतीय गाडीको आयातबाट तीन अर्ब ९१ करोड ६५ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन भएको छ । नेपालमा विश्वप्रसिद्ध ब्रान्डका ५० किलोवाटदेखि ३०० किलोवाटका विद्युतीय गाडी आयात हुने गरेका छन् । 

यस अवधिमा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाटका गाडी आयात भएका छन् । यस सेग्मेन्टमा तीन अर्ब ५१ करोड ४१ लाख मूल्यका एक हजार ५४५ युनिट गाडी भित्रिएका छन् ।

सबैभन्दा धेरै विद्युतीय गाडी छिमेकी मुलुक चिनबाट आउने गरेको छ भने भारत, कोरिया, जर्मन, इन्डोनेसिया, अमेरिका लगायतका मुलुकहरूबाट पनि नेपालमा विद्युतीय सवारी आयात हुने गरेको छ ।

असोज मसान्तसम्म नेपालले ५० किलोवाटसम्मका एक अर्ब २६ करोड ६७ लाख मूल्य बराबरका ७५१ युनिट गाडी आयात गरेको छ । त्यस्तै १०१ देखि २०० किलोवाटसम्मका १८ करोड ९३ लाख रुपैयाँ बराबरको ३२३ युनिट गाडी आयात भएका छन् । 

विभागका अनुसार यस अवधिमा २०१ देखि ३०० किलोवाटसम्मका ४८ करोड ४९ लाख रुपैयाँ बराबरका एक युनिट गाडी आयात भएका छन् । 

Advertisment

थप समाचार