Below Menu
Below Menu

झिनो अंकले बढ्यो शेयर बजार, साढे दुई अर्बमा समेटियो कारोबार 

झिनो अंकले बढ्यो शेयर बजार, साढे दुई अर्बमा समेटियो कारोबार 

काठमाडौं : तिहार बिदापछि खुलेको साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.१९ अंकले बढेर २५०९.०४ बिन्दुमा बन्द भएको हो । कात्तिक २ गते आइतबार नेप्से १६.६७ अंकले बढेर २५०३.८५ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ९८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा दुई अर्ब ६६ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । तिहारअघिको कारोबार दिन आइतबार नेप्सेमा दुई अर्ब ७९ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेपाल रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३२ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा सिद्धार्थ डिबेञ्चर रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । तारागाउँ रिजेन्सी होटलको  शेयरमूल्य ७.१६ प्रतिशतले घटेको छ ।
 

Advertisment

थप समाचार