Below Menu
Below Menu

आज पनि घट्यो सुनचाँदीको मूल्य

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य मंगलबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार ९ सय रुपैयाँले  घटेको हो ।

आज सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँ निर्धारण भएको छ । सोमबार सुन २ लाख ३९ हजार ९००  रुपैयाँमा कारोवार भएको थियो ।  

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ६० रुपैयाँले घटेको हो । सोमबार २ हजार ९ सय ८० रुपैयाँमा कारोवार भैइरहेको चाँदी आज २ हजार ९ सय २० रुपैयाँमा कारोवार भैइरहेको छ । 

Advertisment

थप समाचार