काठमाडौं : इक्रा नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको गत कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई ४३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको करसहित ४३.३१ प्रतिशत अर्थात तीन करोड ४० लाख ६४ हजार २१९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले मंसिर ३ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त कम्पनीको एलफ्ट काठमाडौंमा, ठमेलमा दिउँसो २ बजे हुनेछ ।
सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षका लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।
Advertisment