Below Menu
Below Menu

उच्च अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 

उच्च अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६२.२९ अंकले बढेर २५७१.३४ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से ५.१९ अंकले बढेर २५०९.०४ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २३६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज दुई कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा चार अर्ब ५७ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा दुई अर्ब ६६ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हिमालयन पावर पार्टनर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २९ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा न्यादी हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । हिमालयन पावर पार्टनर कम्पनीको  शेयरमूल्य ६.३६ प्रतिशतले घटेको छ ।
 

Advertisment

थप समाचार