काठमाडौं : ग्लोबल आइएमई बैंकसहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। ग्लोबल आइएमई बैंक, गुराँस लघुवित्त वित्तीय संस्था र मुक्तिनाथ कृषि कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका गुराँस लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीले भोली अर्थात कात्तिक १४ गते बुकक्लोज गर्दैछ भने ग्लोबल आइएमई बैंकले कात्तिक १६ गते, आइतबार बुकक्लोज गर्दैछ।
जस अनुसार आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले यी तीन कम्पनीहरुको साधारण सभामा भाग लिन र कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
लाभांश पारित गर्न गुराँस लघुवित्तले कात्तिक २३ गते, आइतबार, १० औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा हिले कान्जिरोवा मकालु होटल, धनकुटामा बिहान ९ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
त्यसैगरी, मुक्तिनाथ कृषि कम्पनीले कात्तिक २१ गते शुक्रबार सातौँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा सिल्भर वक ब्यान्क्वेट एण्ड इभेन्ट्स सेन्टर, गैरीधारा, काठमाडौँमा बिहान ११:३० बजे सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर वितरण गर्ने र सोपश्चात कायम चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्तावहरु पारित गर्ने छ।
ग्लोबल आइएमई बैंकले लाभांश प्रस्ताव पारित गर्न कात्तिक २६ गते, बुधबार, १९ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
Advertisment