Below Menu
Below Menu

नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि जारी, नेतृत्व पुस्तान्तरणबारे निर्णय गर्ने तयारी

नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि जारी, नेतृत्व पुस्तान्तरणबारे निर्णय गर्ने तयारी

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय समिति तेस्रो पूर्ण बैठक आज पनि जारी छ। 

बुधबारदेखि काठमाडौंको मिराकल भेन्युमा सुरु भएको बैठकको पहिलो दिन पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए।

राजनीतिक प्रतिवेदनमार्फत अध्यक्ष नेपालले वर्तमान सन्दर्भमा कम्युनिस्ट एकता आवश्यक भए पनि स्पष्ट वैचारिक र संगठनात्मक आधार नभई एकता सम्भव नहुने बताएका थिए। 

बैठक कात्तिक १४ गतेसम्म चल्नेछ। बैठकमा पार्टीले वैचारिक दृष्टिकोण र सैद्धान्तिक आधार स्पष्ट गर्ने, संगठन पुनर्गठनको कार्ययोजना तय गर्ने छ । त्यस्तै, वर्तमान नेतृत्व पुस्तान्तरणबारे निर्णय गर्ने तयारी पनि रहेको छ । 

जेनजी प्रदर्शनले उठाएका भ्रष्टाचार, आर्थिक अनियमितता र सामाजिक असमानताका मुद्दाबारे बैठकमा विशेष छलफल हुने बताइएको छ।

Advertisment

थप समाचार