Below Menu
Below Menu

नेप्सेमा दोहोरो अंकको वृद्धिः परिसूचक २६ सय बिन्दुमा, कारोबार साढे सात अर्बमाथि 

नेप्सेमा दोहोरो अंकको वृद्धिः परिसूचक २६ सय बिन्दुमा, कारोबार साढे सात अर्बमाथि 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार उच्च अंकले बढेकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३४.२२ अंकले बढेर २६००.३८ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ५.१७ अंकले बढेर २५६६.१६ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २१६ कम्पनीको शेयरमूल्य बढेको छ । भने २८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा सात अर्ब ५१ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा पाँच अर्ब ४५ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हिमालयन बैंक प्रमोटर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज एक अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा गुराँस लघुवित्त र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । एनआईबीएल स्टेबल फण्डको शेयरमूल्य ५.७० प्रतिशतले घटेको छ ।
 

Advertisment

थप समाचार