Below Menu
Below Menu

चीनमा चाँदीको उछालले लगानी बढायो

चीनमा चाँदीको उछालले लगानी बढायो

बेइजिङ : चीनमा चाँदीको मूल्य उच्चदरमा वृद्धि भएपछि लगानीकर्ताहरूको चाँदीतर्फ आकर्षण तीव्र बनेको छ । यसले चाँदीलाई प्रमुख लगानीयोग्य धातुका रूपमा थप स्थापित गरेको छ।

सेन्जेनस्थित प्रमुख ज्वेलरी व्यापार केन्द्र-शुइबेइमा चाँदीको मूल्य बढेसँगै बिक्रीमा अभूतपूर्व वृद्धि भएको व्यापारीहरूले बताएका छन् । विशेष गरी ठूलो वजनका आभूषण तथा लगानीका लागि बनाइने सिलभर बारहरूको माग अत्यधिक देखिएको छ।

पूर्वी चीनको शानदोंग प्रान्तबाट शुइबेइ पुगेका व्यापारी गुओले ५०० ग्रामका थोरै बाँकी रहेका चाँदीका बार किने । उनले पछिल्लो समय चाँदीको अभाव यति भएको बताए की, नियमित ग्राहक वा आफन्तले समेत अग्रिम भुक्तानी गर्दामात्रै अर्डर सुनिश्चित गर्न सक्ने अवस्था आएको छ।

अर्का एक व्यापारीले भने “शुइबेइ क्षेत्रमा कतै पनि चाँदीको बारको स्टक छैन । माग यति बढेको छ कि मध्यरातमै पनि चाँदी किन्न फोन आउने गरेको छ ।“ शुइबेइका खुद्रा पसलेहरूका अनुसार हाल बजारमा आएको चाँदी तत्कालै बिक्री हुने र यस्तो ‘खरिद उन्माद’ विगत १० वर्षमा नदेखिएको स्थिति हो ।

सिलभर शो–रूमका प्रबन्धक आइ जियावेई भन्छन,“गत दस दिनयता त झनै ठूलो संख्यामा विभिन्न क्षेत्रका मानिसहरू चाँदीको मूल्य सोध्न र किन्न आउन थालेका छन् । १० वर्षको अनुभवमा यस्तो उन्माद कहिल्यै देखेको छैन । भित्रिने सबै चाँदी हरेक दिन ढुवानी गर्नमै व्यस्त छौँ ।“

बजार तथ्यांकअनुसार अक्टोबर मध्यसम्म आइपुग्दा चाँदीको मूल्य यो वर्षकै शुरुवातदेखि करिब ७० प्रतिशतले बढेको छ । सोही अवधिमा सुनको मूल्य वृद्धि ५५ प्रतिशत हाराहारीमा रहेको छ।

विश्लेषकहरूका अनुसार विश्वव्यापी आर्थिक अनिश्चितताबीच सुरक्षित लगानीको विकल्पका रूपमा चाँदीको माग बढ्नु मूल्य वृद्धि हुनुको प्रमुख कारण हो । सुन जस्तै चाँदी पनि अहिले सुरक्षित सम्पत्ति का रूपमा लोकप्रिय बन्दै गएको छ।

Advertisment

थप समाचार