काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३०.७५ अंकले बढेर २६३१.१४ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ३४.२२ अंकले बढेर २६००.३८ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २०५ कम्पनीको शेयरमूल्य बढेको छ । भने ४२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ । आज बजारमा नौ अर्ब २० करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा सात अर्ब ५१ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन बैंक प्रमोटर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज एक अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सामुदायिक लघुवित्त वित्तीय संस्था, गोर्खाज फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर, पिपुल्स पावर र तेह्रथुम पावर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ४.७६ प्रतिशतले घटेको छ ।
Advertisment