Below Menu
Below Menu

आरएसडिसी लघुवित्तको लाभांश घोषणा, बुक क्लोज कहिले ? 

आरएसडिसी लघुवित्तको लाभांश घोषणा, बुक क्लोज कहिले ? 

काठमाडौं : आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत अर्थात नगद आठ करोड २७ लाख २५ हजार १५३ दशलमव ३६ रुपैयाँ करसहित नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले मंसिर १२ गते शुक्रबार बुटवलमा १२औं वार्षिक साधारण बोलाएको छ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले कात्तिक २५ गते बुक क्लोजको मिति तय गरेको छ । जसअनुसार कात्तिक २४ गतेसम्म कायम शेयरधनीहरुले संस्थाको साधारणसभामा भाग लिन र लाभांश पाउन सक्नेछन् । 

Advertisment

थप समाचार