Below Menu
Below Menu

आजसम्म कायम शेयरधनीहरुले पाउँछन् गरिमा विकास बैंकको लाभांश 

आजसम्म कायम शेयरधनीहरुले पाउँछन् गरिमा विकास बैंकको लाभांश 

काठमाडौं : गरिमा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले भोली अर्थात कात्तिक १८ गते एक दिनका लागि बुकक्लोज गर्दैछ।

जसअनुसार आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। लाभांश पारित गर्न बैंकले कात्तिक २७ गते १९ औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरामा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ४.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

यसका साथै सभाले रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्ने, छाप तथा लोगो परिवर्तन गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्विजिशनको कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

Advertisment

थप समाचार