Below Menu
Below Menu

सहकारी पिडितद्वारा अर्धनग्न प्रदर्शन, कात्तिक २७ गते बृहत आन्दोलनको घोषणा

सहकारी पिडितद्वारा अर्धनग्न प्रदर्शन, कात्तिक २७ गते बृहत आन्दोलनको घोषणा

काठमाडौं : सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले बचतकर्ताको बचत रकम ३६ महिनासम्म फिर्ता नभएको भन्दै अर्धनग्न प्रदर्शन गरेको छ। आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले वर्तमान सरकारले पनि आफूहरुको माग सुन्न नचाहेको दुखेसो पोखेका हुन्।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका कुशलभ केसीले सहकारी बचतकर्ताहरुको अवस्था नाङ्गो भइसक्यो भन्ने प्रतीकात्मक सन्देश दिनका लागि अर्ध नग्न प्रदर्शन गर्नुपरेको बताए। ‘अब कानुनी राज्यमा हामी छैनौं । हाम्रो अवस्था नाङ्गो भइसक्यो । यो अवस्था हेर भनेर हामीले देखाएको हो । हामीलाई रहर होइन, बाध्यता हो’, उनले भने ।

केसीले आफूहरुले सहकारी पीडितको बचत फिर्ताको लाडि प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याललगायतसँग कुराकानी गरेको बताए । प्रधानमन्त्री कार्कीले आफूहरुसँग आफ्नो उद्देश्य चुनाव गराउने र सहकारी पीडितको बचत फिर्ता गराउने बताए पनि केही काम नगरेको उनले बताए । हामी वार्तामार्फत समस्याको समाधान खोजौं, आन्दोलन गर्दैनौं भन्दा पनि आफूहरुले न्याय नपाएको उनले बताए ।

सहकारी घोटलामा राजनीतिक दलको संलग्नता रहेकै कारण कुनै कारबाही नभएको उनले बताए । उनले आगामी कात्तिक २७ गते बिहीबार आन्दोलन गर्ने बताए । अबको आन्दोलन २०६२/०६३ को आन्दोलनभन्दा पनि ठूलो हुने उनको चेतावनी छ । ‘राजनीतिक दलहरुको संलग्नता भएकै कारणले गर्दा आज बचतकर्ताको रकम फिर्ता आएको छैन । अहिलेको वर्तमान सरकारलाई पनि हामीले पटक–पटक हार गुहार गर्दा पनि बचत फिर्ता नभएको कारणले गर्दा, अस्ती भर्खरै प्रधानमन्त्रीज्यूसँग वार्तामा बस्यौं । कुराकानी भयो, सहमति केही पनि भएन,’– उनले भने ।

Advertisment

थप समाचार