Below Menu
Below Menu

रचनात्मक कार्यक्रमसहित किसान सहकारीले मनायो ३०औँ बार्षिकोत्सव, पञ्चवर्षीय योजना सार्वजनिक

रचनात्मक कार्यक्रमसहित किसान सहकारीले मनायो ३०औँ बार्षिकोत्सव, पञ्चवर्षीय योजना सार्वजनिक

काठमाडौं : कैलालीको लम्कीचुहा-१, लम्की बजारमा केन्द्रीय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो ३० औँ बार्षिकोत्सव विविध रचनात्मक कार्यक्रमहरु गर्दै मनाएको छ। संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै ३० औं वर्षसम्मको यात्रामा साथ, समर्थन र शुभेच्छा राख्नुहुने सम्पूर्ण प्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर समर्थन र शुभेच्छाको अपेक्षा गरेका थिए।

बार्षिकोत्सवका अवसरमा सबै शाखाहरुमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको थियो । केन्द्रीय कार्यालयको सभाहलमा सम्पन्न शुभकामना आदान प्रदान समारोहमा संस्थाका पुर्वसञ्चालक, पुर्व लेखा सुपरिवेक्षण समितिका पदाधिकारी, पूर्व तथा वर्तमान सल्लाहकार समिति सदस्यहरुको समेत उपस्थिती थियो ।

बार्षिकोत्सवको अवसरमा संस्थाले कर्मचारीस्तरीय अतिरिक्त कृयाकलाप, रक्तदान शिविर, पर्यावरणका लागि आहारको प्रवद्र्धन कार्यक्रम र त्रैमासिक मुखपत्र किसान दर्पणको विमोचन गरेको छ ।

बार्षिकोत्सव समारोहको औपचारिक कार्यक्रममा शुभकामना व्यक्त गर्दै संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहले संस्था समुदाय–केन्द्रीत उद्देश्यका साथ अगाडि बढिरहेकाले समुदायको निरन्तर साथ र विश्वासले नै संस्थाको प्रगतिमा प्रेरणा दिएको बताए।

संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न भएको समारोहमा बार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न अतिरिक्त कृयाकलापका विजेता कर्मचारी तथा गत आ.व.को कार्यसम्पादनका आधारमा प्रशंसनिय कार्य गर्ने १५ जना कर्मचारीलाई संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहले पुरस्कृत तथा सम्मानित गर्नु भयो ।

गत आ.व.मा प्रशंसनीय कार्यप्रदर्शन गरे बापत पुरस्कृत हुने शाखा प्रमूखहरु चन्द्रकान्त रेग्मी, चक्र प्रसाद भण्डारी, प्रविण चौधरी र दिलमाया थापा मागर छन् । त्यसैगरी अन्य कमर्मचारीहरुमा उषा राना मगर, भुपेन्द्र रावल, दिपेन्द्र बटाला, सुदिप थारु, धिर्जा कुमारी ढकाल, मेनका हमाल, नरपता कुमारी जैसी, रिमा चौधरी, प्रेम चौधरी, दिलिप कठरिया र मनिष राना छन्  । बार्षिकोत्सवका अवसरमा सञ्चालन गरेको रक्तदान सिविरमा रक्त दाताबाट १०० प्वाईन्ट रगत संकलन गरि टीकापुर रेडक्रसलाई प्रदान गरिएको छ ।

सुदुरपश्चिम प्रदेश र लुम्बीनी प्रदेशको राजापुर न.पा. कार्यक्षेत्र रहेको सहकारी संस्थाले हाल मुख्य तीन वटा व्यवसायीक क्रियाकलापमार्फत सेवा दिदै आएको छ । आधुनिक वित्तीय सुविधा सहितको बचत तथा ऋण सेवा, कृषि उत्पादनमा टेवा पर्याउने किसान-कोप एग्रो बिजनेश र उपभोक्ता सचेतना सहित गुणस्तरीय उपभोग्य वस्तुको बिक्री वितरण गर्ने किसान-कोप मार्टमार्फत सेवा दिदै आएको छ ।

बचत तथा ऋण सेवा तर्फ ४१ वटा शाखा कार्यालय र एग्रो तथा मार्टतर्फ ९ आउटलेट गरी ५० सेवाकेन्द्रहरु मार्फत संस्थाले आफ्ना वित्तीय तथा गैरवित्तीय सेवा प्रवाह गर्दै आईरहेको छ । २०५२ साल कार्तिक १७ गते कैलाली जिल्लाको प्रवेशद्वार लम्कीमा मुख्य कार्यालय रहने गरी २५ जना शेयर सदस्यहरुबाट ६० हजार तीन सय शेयर पुँजी संकलन गरी संस्थाको स्थापना भई सेवा सञ्चालन गरेको संस्थाले स्थापनाको ३० वर्ष पुरागर्दा संस्थामा ९१ हजार ७ सय २३ सदस्य जोडिएका छन् । संस्थाको कुल सम्पत्ति ६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।

विगतका वर्षहरुदेखि संस्थाले आफ्ना सदस्यलाई बार्षिक लाभांश, संरक्षित पुँजी फिर्ताकोषबाट रकम वितरण र अन्य सुविधाहरु समेत प्रदान गर्दै आएको छ । हालसम्म संस्थाले आफ्ना सदस्यलाई २९ करोड रुपैयाँ गैरवित्तीय सुविधामार्फत वितरण गरिसकेको छ । जसमा सुत्केरी स्याहारदेखि काजकृया खर्च भुक्तानी र प्रकृतिक प्रकोपदेखि गम्भिर रोगको उपचार गर्नका लागि सदस्यहरुले सुविधा प्राप्त गरेका छन् ।

बार्षिकोत्सवकै अवसर पारेर सोमबार संस्थाले आफ्नो पञ्चवर्षिय योजनाको प्रारम्भिक मस्यौदा समेत सार्वजनिक गरेको छ । जस अनुसार संस्थाले आगामी वर्षहरुमा वित्तीय उद्देश्य सँग-सँगै सामाजिक उद्देश्यलाई समेत प्राथमिकतामा राखेको छ । जस अन्तर्गत समावेशी उत्पादन तथा सेवामा जोड दिँदै उद्यमविकास, रोजगारी, सहकारी शिक्षा, नवप्रवर्तन, ईन्क्यूबेसन सेन्टर, विद्यालय स्तरीय थ्रि जिरो क्लबहरुको विस्तार, सदस्यका लागि स्वास्थ्य, शिक्षा लगायतका कार्यक्रमहरु योजमा समेटिएका छन् ।

आसन्न ३१ औ साधारणसभाबाट स्विकृत भएपछि यि योजनाहरु चरणबद्ध रुपमा कार्यान्वयन गरिने संस्थाले जनाएको छ । गत आ.व. (२०८१/०८२ मा) संस्थाले खुद मुनाफा १४ करोड गरेको छ । हाल संस्थाको कुल सम्पत्ती ६ अर्ब ९२ करोड ४८ लाख ४६ हजार ७९२, पुँजीकोष १ अर्ब ६१ करोड ७३ लाख ५१ हजार २९५, लगानीमा रहेको ऋण रकम ५ अर्ब १ करोड १४ लाख ६ हजार २६७ र सदस्यबाट संकलित बचत ४ अर्ब ८१ करोड ६६ लाख ९४ हजार ८२७ रहेको छ ।

Advertisment

थप समाचार