Below Menu
Below Menu

एशियन लाइफ र नेपाल इन्स्योरेन्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत 

एशियन लाइफ र नेपाल इन्स्योरेन्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले नेपाल इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सूचीकृत गरेको हो । 

नेप्सेले नेपाल इन्स्योरेन्स कम्पनीको ४० प्रतिशत हकप्रद शेयर सूचीकृत गरेको छ । नेप्सेका अनुसार इन्स्योरेन्सको ६५ लाख ७६ हजार ९७६ दशलमव ७६ कित्ता शेयर सूचीकृत भएको छ । 

यस्तै नेप्सेले एशियन लाइप इन्स्योरेन्सको ४२ प्रतिशत हकप्रद शेयर सूचीकृत गरेको छ । नेप्सेका अनुसार इन्स्योरेन्सको एक करोड ४२ लाख ७९ हजार ३१२ दशलमव ४८ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

Advertisment

थप समाचार