Below Menu
Below Menu

कमजोरी स्वीकार गर्दै जनार्दन शर्माले भनेः ‘स्वार्थको दलदलमा फँसे, अब नयाँ अभियानले लक्ष्य भेट्छ

कमजोरी स्वीकार गर्दै जनार्दन शर्माले भनेः ‘स्वार्थको दलदलमा फँसे, अब नयाँ अभियानले लक्ष्य भेट्छ

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले स्वार्थको राजनीतिमा सहभागि भई गल्ति गरेको भन्दै कमजोरीलाई स्विकार गरि नयाँ अभियान मार्फत संकल्प पुरा गर्ने बताएका छन् । 

मंगलबार ललितपुरमा विशेष पत्रकार सम्मेल गर्दै उनले आम जनता, मतदाता, कार्यकर्ता र समर्थनहरुलाई दुरुपयोग गर्ने प्रवृतिमा सहयोग गरेको भन्दै आफ्ना कमजोरीलाई स्विकार गर्दै अब इमान्दारीका साथ नयाँ अभियान मार्फत अघि बढ्ने बताएका हुन् ।  

उनले भने, ‘आजसम्म आम जनता, मतदाता, कार्यकर्ता र समर्थनहरुलाई दुरुपयोग गरेर स्वार्थ केन्द्रित जो शाषन गर्ने प्रवृति जन्मियो त्यसमा हाम्रो पनि कमि छ, हामीले पनि गल्ति गरेका छाैँ, हामी पनि त्यसमा सहभागी छाैँ, कुनै न कुनै रुपमा साथ सहयोग गर्दै आयौँ, त्यसप्रति क्षमा चाहान्छौँ । र ति आफ्ना कमजोरीलाई स्विकार गर्दै अब इमान्दारीका साथ नयाँ अभियान मार्फत त्यसलाई पुरा गर्ने एउटा संकल्प गर्न चाहान्छौँ।’  

उनले शहीद, वेपत्ताका सपनाहरुलाई पुरा गर्न र घाइते योद्धाहरुका अपेक्षाहरु पुरा गर्न तयार रहेको समेत बताए ।  

‘हामी एउटा ऐतिहासिक मोडमा छाैँ। एउटा जोखिम, एउटा चुनौति, एउटा सम्भावना बोकेर हामी उपस्थित भएका छाँै । हामी शहीद, वेपत्ताका सपनाहरुलाई पुरा गर्ने उहाँहरुका परिवारजनका आशा र विश्वासहरु घाइते योद्धाहरुका अपेक्षाहरु उनीहरुमा आकांक्षासहित तमाम् प्रश्नहरुको जिवन्त जवाफ हामीले दिनुपर्ने छ । हामी त्यो दिनेछौँ । सम्रग त्यो जिम्मा लिन तयार छौँ,’ उनले भने । 

उनले नेकपा बनाउँदा देशको राजनैतिक अस्थिरतालाई समाप्त पार्नका लागि वृहत वामपन्थि एकता गरेको भन्दै त्यसमा आफूले हस्ताक्षर गरेको बताए । 

‘हामी भिन्न रुपमा राजनीति फोर्षलाई विक्षित्त गर्न चाहान्छौँ । भिन्न दृष्टिकोणबाट अगाडि बढाउन चाहान्छौँ । एउटा जवाफ मैले दिनुपर्ने छ, धेरै कुराहरु उठिरहेका छन्, के भनिँदैछ भने नेकपा बनाउँदा यसले हस्ताक्षर गरेको थियो अहिले विरोध गरिरहेको छ भन्ने छ त्यसको कुनै साइनो र तुक छैन । किन छैन भने त्यसबेला वृहत वामपन्थि एकता गरेर यो देशको राजनैतिक अस्थिरतालाई समाप्त पार्नका लागि गरिएको थियो,’ उनले भने । 
 

Advertisment

थप समाचार