Below Menu
Below Menu

निर्जीवन बीमा कम्पनीको व्यापार साढे १२ अर्बमाथि, अर्ब क्लबमा पाँच कम्पनी ! 

निर्जीवन बीमा कम्पनीको व्यापार साढे १२ अर्बमाथि, अर्ब क्लबमा पाँच कम्पनी ! 

काठमाडौं : चालु आर्थिक वर्षको तीन महिनामा निर्जीवन बीमा कम्पनीहरुले  मसान्तसम्म कम्पनीहरुले साढे १२  रुपैयाँ भन्दामाथिको बीमा व्यवसाय गरेका छन् ।

नेपाल प्राधिकरणका अनुसार यस अवधिमा कम्पनीहरुले छ लाख ८८ हजार ९८२ बीमालेख बिक्री गरी १२ अर्ब ६५ करोड ६४ लाख ७९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । 

अर्ब क्लबमा पाँच कम्पनी 

यस अवधिमा सर्वाधिक बीमाशुल्क आर्जन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । कम्पनीले ६५ हजार १०२ बीमालेख जारी गरी एक खर्ब ४९ करोड ८३ लाख ३० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

प्राधिकरणका अनुसार असोज मसान्तसम्म शिखर इन्स्योरेन्सले एक खर्ब ३८ करोड ४६ लाख ३२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने एनएलजी इन्स्योरेन्सले एक अर्ब दुई करोड ५६ लाख ५८ हजार रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ । 

असोज मसान्तसम्म हिमालयन एभरेष्टले एक अर्ब १९ करोड ६६ लाख ४५ हजार रुपैयाँ बराबरको बीमाशृल्क आर्जन गर्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले एक अर्ब २२ करोड ४३ लाख ९२ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

अन्य कम्पनीको व्यापार 

प्राधिकरणका अनुसार यस अवधिमा नेपाल इन्स्योरेन्स कम्पनीले ४३ हजार ४०८ बीमालेख बिक्री गरी ७० करोड ६२ लाख १७ हजार रुपैयाँ बीमाुशल्क आर्जन गरेको छ भने दि ओरियन्टल इन्स्योरेन्सले ७८ करोड ८५ लाख १३ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, राष्ट्रिय बीमा कम्पनीले ४१ करोड ४१ लाख ५८ हजार, नेशनल इन्स्योरेन्सले ४२ करोड ८४ लाख ६७ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने नेको इन्स्योरेन्सले ९२ करोड ८३ लाख ७७ हजार रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । 

प्राधिकरणका अनुसार यस अवधिमा प्रभु इन्स्योरेन्सले ५० करोड ५६ लाख २७ हजार रुपैयाँ र सानिमा जिआइसीले ६८ करोड १८ लाख ५३ हजार रुपैयाँ बराबरको व्यापार गरेका छन् । 

प्राधिकरणका अनुसार असोज मसान्तसम्ममा आईजीआई प्रुडेन्सियलले ९९ करोड छ लाख ७९ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने युनाइटेड अजोडले ८८ करोड २९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
  
लघुबीमाको व्यापार साढे २६ करोडमाथि

चालु आवको यस अवधिमा निर्जीवन बीमा अन्तर्गतका चार लघुबीमा कम्पनीहरुले साढे २६ करोडको व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले ९१ हजार ६३१ बीमालेख जारी गरी २६ करोड ८१ लाख ३९ हजार रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।

यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले सात करोड तीन लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले छ करोड ९९ लाख, स्टार माइक्रो इन्स्योरेन्सले पाँच करोड ८२ लाख र ट्रष्ट माइक्रो इन्स्योरेन्सले छ करोड ९५ लाख रुपैयाँ बराबरको व्यवसाय गरेकोे हो ।


 

Advertisment

थप समाचार