काठमाडौं : हिमालयन डिष्टिलरी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका भोली अर्थात कात्तिक २० गते बुकक्लोज गर्दैछ।
जसअनुसार आजसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश दिने भएको हो ।
प्रस्तावि लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ३० गते, आइतबार, २५ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा कम्पनीो रजिष्टर्ड कार्यालय, विरगञ्ज, पर्सामा बिहान १० बजे शुरु हुनेछ।
Advertisment