Below Menu
Below Menu

सहकारीहरुको नियमनसँगै प्रवर्द्धनको तादम्यता मिलाउँदै छौं : प्राधिकरण अध्यक्ष शर्मा

सहकारीहरुको नियमनसँगै प्रवर्द्धनको तादम्यता मिलाउँदै छौं : प्राधिकरण अध्यक्ष शर्मा

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले सहकारीको सहकारीहरुको नियमनसँगै प्रवद्र्धनको तादम्यता मिलाउँदै प्राधिकरणले काम गरिरहेको बताएका छन्। सहकारी नियमन मात्रै नभई प्रवद्र्धन पनि प्राधिकरणको प्राथमिकतामा रहेको अध्यक्ष शर्माले बताए।

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी समस्यामा नपरून् भनेर नियमनदेखि अनुगमनसम्मको कामलाई प्रधिकरणले तिब्रता दिएको उनले स्पष्ट पारे । तर, कर्मचारी अभावका कारण द्रुत गतिमा अपेक्षा अनुसारको काम गर्न नसकेको बताए ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालले बुधबार आयोजना गरेको सहकारी क्षेत्रमा सुधारको लागि कार्य योजनाको मस्यौदा माथि छलफल कार्यक्रममा अध्यक्ष शर्माले  भने, ‘प्राधिकरणमा श्रोत र जनशक्ति दुवै अभाव छ । जबसम्म यी कुराको तादम्यता हुँदैन तबसम्म काम गर्न सहज हुँदेन ।’

कुनै पनि अर्गनाइजेसनमा टाउको मात्रै बनाइदिएर नहुने भएकाले हातखुट्टा पनि बनाउन आवश्यक हुने उनले बताए । राष्ट्रिय सहकारी नियमन प्राधिकरण धेरै काम गर्नुपर्छ भनेर अपेक्षा राख्दै स्थापना गरिएको बताउँदै उद्देश्यभन्दा बाहिरका धेरै कामहरू आएर थुप्रिएको उनले बताए । ‘सहकारीहरू ऋण उठेन भनेर समस्या पनि प्राधिकरणमा आएको छ । धेरै अपेक्षासहित स्थापना भएका प्राधिकरणले काम नगर्ने भन्ने कुरा पनि भएन । ती काममा पनि हामीले समाधानका पाटाहरू गरिरहेका छौँ’, उनले भने ।

पालिकादेखि मन्त्रालयसम्म आएका समस्या पनि प्राधिकरणमै पठाउने गरिएको उनले बताए। ‘पालिकामा गएका सहकारीको समस्या प्राधिकरणमा आउँछ । विभागका पुगेको समस्या प्राधिकरणमै आउँछ । मन्त्रालय, अभियानको संस्थादेखि प्रहरीसम्म पुगेका समस्या प्राधिकरणमै पठाउने गरिएको छ । यो स्थितीबाट प्राधिकरणमा धेरै आइरहेको छ । यसको व्यवस्थापनका लागि पर्याप्त जनशक्ति र स्रोत साधनको अभाव भने जसरी द्रुत गतिमा काम गर्न सकेका छैनौँ’, अध्यक्ष डा. शर्माले भने ।

Advertisment

थप समाचार