काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १२.१७ अंकले बढेर २६०७.४२ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २७.६४ अंकले घटेर २५९५.२४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ४९ कम्पनीको शेयरमूल्य बढेको छ । भने ९० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ६८ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा पाँच अर्ब १५ करोड सात लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज युनियन हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३८ करोड ६१ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा माबिलुङ इनर्जी कम्पनी र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७.४८ प्रतिशतले घटेको छ ।
Advertisment