सागर डिष्टिलरीको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबारमा आउने 

सागर डिष्टिलरीको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबारमा आउने 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सागर डिष्टिलरी लिमिटेड लिमिटेडको आईपीओ सूचीकृत भएको छ। बिहिबार नेप्सेले कम्पनीको ७२ लाख ६० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको १४ लाख ५२ हजार कित्ता र संस्थापकको५८ लाख ८ हजार कित्ता गरी कुल ७२ लाख ६० हजार कित्ता शेयर सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०६ दशलमव ५२ रुपैयाँदेखि ३१९ दशलमव ५६ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर संकेत ‘एसएजीएआर’ रहेको छ । कम्पनीको शेयर आइतबारदेखि दो्रस्रो बजारमा कारोबारमा आउनेछ । 

थप समाचार