Below Menu
Below Menu

६७% सदस्यको उपस्थितिमा हाम्रो साकोसको २७औं साधारण सभा सम्पन्न, दीगो सहकारी समृद्ध सदस्यमा जोड

६७% सदस्यको उपस्थितिमा हाम्रो साकोसको २७औं साधारण सभा सम्पन्न, दीगो सहकारी समृद्ध सदस्यमा जोड

काठमाडौं : ललितपुरको लगनखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औं वार्षिक साधारण सभा नियामकीय निर्देशनहरुको पालना गर्दै शनिबार सम्पन्न भएको छ। सदस्यहरुको सभ्य र भव्य सहभागितामा पूर्वनिर्धारित एजेण्डाहरुउपर छलफल गरी लम्बेतान भाषण र गैर सदस्य अतिथि विना छिटो र छरितो तरिकाले साधारण सभा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष श्यामकृष्ण घिमिरेको सभापतित्व एवं संस्थाका सल्लाहकार तथा पूर्व अध्यक्ष शम्भूप्रसाद फुयालको प्रमुख आतिथ्यता, पुर्व सञ्चालकहरु र सदस्यहरुको आतिथ्यता सम्पन्न भएको थियो । 

संस्थाले २७ औं साधारण सभा चार वटा एकाईमा सम्पन्न गरेको हो । संस्थाले कात्तिक १४ गते पहिलो एकाई सभा ललितपुरको कालेश्वर, कार्तिक १५ गते गोटिखेल, कार्तिक १९ गते दोस्रो एकाई सभा चापागाउँ, कार्तिक २० तेस्रो एकाई सभा काठमाडौंको बालाजुमा सम्पन्न गरेको थियो । त्यस्तै आज (कार्तिक २२ गते) चौथो एकाई सभा तथा निर्णय प्रमाणिकरण सभा सम्पन्न गरेको हो ।

साधारण सभाले पूर्वनिर्धारित १७ वटा एजेण्डाहरुउपर छलफल गरी पारित गरेको छ । साथै बौद्धिक उपभोक्ता सहकारी संस्थासँगको एकीकरणका लागि संयुक्त साधारण सभा समेत आजै सम्पन्न गरेको छ ।

सभामा प्रतिवेदन पेश गर्दै संस्थाका अध्यक्ष घिमिरेले अनुशासित सदस्यहरु, मेहनती कर्मचारी, समिति तथा उपसमितिका पदाधिकारीको निष्ठापूर्वक संस्थागत सुशासन तथा दिगोपनाका लागि आवश्यक नीति तर्जुमा, कार्यान्वयन तथा सदस्यहरुको सक्रिय क्रियाशिलता, सल्लाहकारहरुको उचित मार्गदर्शन, सहकारी विभागको सघन अनुगमन, स्तरीकरण कार्यक्रम (एक्सेस) अन्तर्गत नेफ्स्कूनको नियमित नियमन तथा निर्देशनका साथै बागमती प्रोस्कुनको अनुगमन सहितको मार्गदर्शनका कारण देशको सहकारी क्षेत्रमा देखिएको गम्भिर वित्तीय संकटमा पनि संस्थालाई जिवन्त गतिमा सञ्चालन गर्न सफल भएको बताए । हाल काठमाडौं, भक्तपुर र ललितपुरका ७ हजार भन्दा बढी सदस्यहरुको विश्वास र भरोषा हाम्रो साकोस बनेको उनले बताए।

संस्थाले २९ जना सदस्यको सहभागितामा संस्था स्थापना, ४९ जना सदस्यबाट हाम्रो नमुना बचत तथा ऋण सहकारीले कारोबार शुभारम्भ गरेको बताउँदै अध्यक्ष घिमिरेले २०७६ मंसिर ३० गते हाम्रो थैली साकोस, सेवक साकोस एकीकरण र २०७९ बैशाख १३ गते जनजागरण साकोस एकीकरण भएको उनले बताए । 

संस्थाले विगत ४ वर्षदेखि एन.एफ.आर.एस. रिपोर्टका आधारमा लेखा परीक्षण गरी लेखा परीक्षणका क्रममा औल्याइएका विषयहरुको सम्बोधन तथा सुझावहरुको कार्यान्वयनका क्रममा संस्थाको जोखिम न्यूनीकरणका लागि यस वर्ष पनि संस्थाको आम्दानीलाई जोखिम व्यवस्था खर्चमा समायोजन गर्दा सदस्यलाई प्राप्तहुने प्रतिफल संकुचित भएको अध्यक्ष घिमिरेले सभामा जानकारी गराए।

संस्थाबाट ऋण लिई नतिर्ने सदस्यहरुबाट कानूनी रुपमा ऋण असुली तथा यस अघि खराब ऋणहरु असुलीका क्रममा लिलाम सकार गरिएका सम्पत्ति विक्रि गरी आगामी दिनमा सदस्यहरुलाई नियमित प्रतिफल भूक्तानी गर्न सक्षम हुनेमा विश्वस्त दिलाए।

नियामकीय प्रबन्धको परिपालनाले संस्थामा सदस्यको बचत तथा लगानीको सुरक्षाको प्रत्याभुति गरिने भएकोले सदस्यहरुलाई निर्धक्क साथ कारोबार गर्न समेत आग्रह गरेका थिए । सदस्यहरुलाई छिटो, छरितो तथा सहज तरिकाले सर्बसुलभ ऋण प्रवाह गर्दै जीवनस्तर उकास्न संस्था सफल भएको समेत उनले बताए ।

कार्यक्रम सञ्चालन तथा सञ्चालक समितिको तर्फबाट प्रतिवेदन पेश गर्दै सचिव हरिप्रसाद बजगाईले गत आर्थिक वर्षमा सदस्य हित कार्यक्रम अन्तर्गत ४ लाख २८ हजार पाँच सय रुपैयाँ सहयोग गरेको बताए । 

साधारण सभामा आर्थिक प्रतिवेदन पेश गर्दै कोषाध्यक्ष विदुर प्रसाद तिमिल्सिनाले सदस्यहरुको विश्वासले १ अर्ब ७० करोडको सम्पत्तिसहित ७ हजार ३ सय १ जना सदस्यहरुको बृहत परिवार हाम्रो साकोस बनेको बताए । संस्थाले सदस्यहरुको आर्थिक आधारलाई सबल बनाउँदै, सेवामा विविधता ल्याउने, नीति तथा कार्यक्रमअनुसार सुधार र परिमार्जन गर्दै सेवा–सुविधाको दायरा विस्तार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।

संस्थाले मुख्य कार्यालय लगनखेल, सेवा केन्द्र गोटिखेल, चापागाउँ र बालाजुबाट सदस्यहरुलाई वित्तीय सेवाहरु प्रवाह गर्दै आएको कोषाध्यक्ष तिमिल्सिनाले बताए ।

संस्थाको सेयर पुँजी १३ करोड ६२ लाख, जगेडा कोष १५ करोड ६ लाख, अन्य कोष १ करोड २६ लाख, बचत संकलन १ अर्ब ३३ करोड, लगानी १ अर्ब १९ करोड गर्न सफल भएको उनले बताए । 

साधारण सभामा करिब ६७ प्रतिशत सदस्यहरुको उपस्थिती रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले जानकारी दिए । 

साधारण सभाको अवसरमा संस्थाले ७० जना जेष्ठ सदस्य सम्मान गर्नुका साथै ७५ जना विद्यार्थीहरुलाई शैक्षिक सम्मान गरिएको थियो ।

Advertisment

थप समाचार