Below Menu
Below Menu

एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : एसवाई प्यानल लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा लगानीकर्ताले आज साँझसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले आम लगानीकर्ताका लागि कुल ४० लाख ७६ हजार १५६ कित्ता शेयर जारी गरेको हो ।

कम्पनीले यसअन्तर्गत सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता र कर्मचारीहरूका लागि १ लाख ४९ हजार १२७ कित्ता शेयर छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू तथा मेरो शेयर मार्फत गर्न सकिनेछ । यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको भूमिका प्रभु क्यापिटल लिमिटेडले निर्वाह गरेको छ । 

यसअघि कम्पनीले असोज ७ गते उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीका लागि पहिलो चरणमा आईपीओ जारी गरिसकेको थियो ।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले भदौ १७ गते ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरका ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण शेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये २ प्रतिशत (२ लाख ६१ हजार ६२७ कित्ता) उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र सर्वसाधारणमा छुट्याइएकोमध्येबाट १० प्रतिशत (४ लाख ९७ हजार ९२ कित्ता) विदेशमा रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी जारी गरिएको थियो । 

Advertisment

थप समाचार