काठमाडौं : नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान) को अध्यक्षमा सीए अनुप नेपाल निर्वाचित भएका छन्। शनिवार भएको निर्वाचनमा ९ सय २६ मत ल्याएर नेपाल निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी सीए ब्रदी कुमार गुरागाईंले ८ सय ५३ मत ल्याएका थिए।
नेपाल यसअघि उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए। गुरागाईं यसअघिको निर्वाचनमा सीए आनन्द राज शर्मा वाग्लेसँग पराजित भएका थिए।