काठमाडौं : मारुती सिमेन्ट्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले मंसिर १५ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त कम्पनीको रजिष्टर्ड कार्यँलय विराटनगरमा बिहान ११ः३० बजे हुनेछ ।
सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षका लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।
यसका साथै, सभाले संस्थापक सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरेको एक लाखभन्दा माथिका रकमहरू अनुमोदन गर्ने, बैंकबाट लिइएको ऋण अनुमोदन गर्ते लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।
Advertisment