काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ सूचीकृत भएको छ। आइतबार नेप्सेले कम्पनीको ८३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको २९ लाख ५ हजार कित्ता र संस्थापकको ५३ लाख ९५ हजार कित्ता गरी कुल ८३ लाख कित्ता शेयर सूचीकृत भएको हो।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० दशलमव ८८ रुपैयाँदेखि ३०२ दशलमव ६४ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर संकेत ‘बीयूएनजीएएल’ रहेको छ । कम्पनीको शेयर सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
Advertisment