काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३०.०२ अंकले घटेर २५६६.०९ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ११.२९ अंकले घटेर २५९६.१२ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २८ कम्पनीको शेयरमूल्य बढेको छ । भने २२२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ९० करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा पाँच अर्ब ४१ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज युनियन हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २७ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा दरम खोला हाइड्रो इनर्जी, माबिलुङ इनर्जी र सागर डिष्ट्रिलरी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेकाे हाे ।उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो ।
Advertisment