Below Menu

आरएसडिसी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आरएसडिसी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं :  आरएसडिसी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले भोली अर्थात कात्तिक २५ गते बुकक्लोज गर्दैछ।

Sponsored Advertisement

जसअनुसार आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा भाग लिन र संस्थाले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले मंसिर १२ गते १२ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा वेष्टर्न एशियन होटल बुटवल, रुपन्देहीमा बिहान साढे ९ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 

यसका साथै सभाले अन्य वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

थप समाचार