बन्दीपुर केबलकार एण्ड टुरिजमको आईपीओ नेप्सेमा सूचीकृत 

बन्दीपुर केबलकार एण्ड टुरिजमको आईपीओ नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ सूचीकृत भएको छ। सोमबार नेप्सेले कम्पनीको कम्पनीको दुई करोड ८३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ५८ लाख ६० हजार कित्ता र संस्थापकको दुई करोड २४ लाख ४० हजार कित्ता गरी कुल दुई करोड ८३ लाख कित्ता शेयर सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ९४ दशलमव २४ रुपैयाँदेखि २८५ दशलमव ७४ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर संकेत ‘बन्दिपुर’ रहेको छ । कम्पनीको शेयर मंगलबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

थप समाचार