Below Menu
Below Menu

निरन्तर घट्दै शेयर बजार, साढे चार अर्बमा खुम्चियो कारोबार 

निरन्तर घट्दै शेयर बजार, साढे चार अर्बमा खुम्चियो कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.१५ अंकले घटेर २५६१.९४ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से ३०.०२ अंकले घटेर २५६६.०९ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ९० कम्पनीको शेयरमूल्य बढेको छ । भने १५१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ५१ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा चार अर्ब ९० करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४८ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा दरम खोला हाइड्रो इनर्जी, माबिलुङ इनर्जी, बुंगल हाइड्रो र सागर डिष्ट्रिलरी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेकाे हाे । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो । 
 

Advertisment

थप समाचार