साहस उर्जाको लाभांश प्रस्ताव, शतप्रतिशत हकप्रद शेयर पनि जारी गर्ने 

साहस उर्जाको लाभांश प्रस्ताव, शतप्रतिशत हकप्रद शेयर पनि जारी गर्ने 

काठमाडौं : साहस उर्जा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकलेगत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २२.१०५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

कम्पनीले हाल कायम चुक्ता पूँजीको २१ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि १.१०५३ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश नेपाल विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।

यसका साथै कम्पनीले गत वर्षको साधारण सभाले पारित गरेको १ः१ हकप्रद शेयर जारी गर्ने निर्णय संशोधन गरी हाल घोषणा भएको बोनस पछि कायम हुने चुक्ता पूँजीको शतप्रतिशत हकप्रद जारी गर्ने भएको छ ।

थप समाचार