Below Menu
Below Menu

एभरेष्ट भेन्चर्सले पहिलो बर्ष नै सात प्रतिशत बोनस शेयर वितरण गर्ने 

एभरेष्ट भेन्चर्सले पहिलो बर्ष नै सात प्रतिशत बोनस शेयर वितरण गर्ने 

काठमाडौं : एभरेष्ट भेन्चर्स लिमिटेडले पूर्ण रुपमा संचालनमा आएको पहिलो बर्षमै सात प्रतिशत बोनस शेयर आफ्ना शेयरधनीहरुका लागि वितरण गर्ने घोषणा गरेको छ । 

कम्पनीको संचालक समितिको बैठकले आफ्ना सेयरधनीका लागि सात प्रतिशत बोनस शेयर र सो वापत लाग्ने कर प्रयोजनका लागि ४ लाख ८७ हजार नौ सय ७४ रुपैयाँ नगद लाभांश वितरणको प्रस्तावसहित आउने मंसिर २० गते दोस्रो बार्षिक साधारणसभा डाकेको छ । 

अधिकृत पूँजी दुई अर्ब, जारी पूँजी ५० करोड र संस्थापकहरुले चुक्ता गर्ने पूँजी ३५ करोड रहेको सो कम्पनीका तीन सय ३२ जना शेयरधनी छन् ।

कम्पनीले पूँजी बजारमा संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्ने नीति लिएको हो ।  कम्पनीले सहायक कम्पनी खोल्ने, ४९ करोड कर्जा लिने, लगानी सम्बन्धी प्रस्ताव पारित गर्ने लगायतका प्रस्ताव साधारणसभामा लैजाने निर्णय पनि गरेको छ । 

०८१ सालअसार अन्तिममा कारोबार शुरु गरेको सो कम्पनीले हाल पूँजी बजारमा लगानी केन्द्रित गरी जोखिम ब्यवस्थापन गरेर शेयरधनीलाई उचित प्रतिफल दिने तयारी गरेको छ ।

शेयर बजारका लगानीकर्ताहरुले स्थापना गरेको कम्पनीको संचालक समिति अध्यक्षमा बरिष्ठ पत्रकार डिल्ली बसेल र प्रमुख कार्यकारी अधिकृत तिलक कोइराला छन् ।
 

Advertisment

थप समाचार