काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३.२१ अंकले बढेर २५६५.१६ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ४.१५ अंकले घटेर २५६१.९४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १४२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १०२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ६२ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा चार अर्ब ५१ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज साहस उर्जा लिमिटेडको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३५ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा शाइन रेसुगां डिबेञ्चर र बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेड रहेका छन् । आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज नेपाल एसबीआई बैंक डिबेञ्चरको शेयरमूल्य ९.३९ अंकले घटेको छ ।
Advertisment