काठमाडौं : नेपाल धितोपत्र बोर्डले सोलु हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्न मंगलबार कम्पनीलाई अनुमति दिएको हो ।
बोर्डको अनुमति पाएसँगै कम्पनीले दुई अर्ब रुपैयाँ बराबरको दुई करोड कित्ता आईपीओ जारी गर्नेछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
Advertisment